Aafno Khabar

काेराेना प्रभावित मुलुकबाट नेपाल आउन प्रतिबन्ध

  • March 18, 2020 प्रकाशित

काठमाडौं । सरकारले कोरोना भइरसको संक्रमण देखिएका मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरेको छ ।

काेराेना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक तथा ती मुलुक ट्रान्जिट बनाएर आउने सबै यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्चदेखि लागू हुने र १५ अप्रिलसम्म कायम रहने बताइएकाे छ ।

याे पनि पढ्नुहाेस् । 

घर बाहिर ननिस्कन सरकारकाे आह्वान, त्रास फैलाए कारबाही