Aafno Khabar

अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु

  • March 17, 2020 प्रकाशित

एजेन्सी । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको बीबीसीकाे समाचारमा उल्लेख छ ।

यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । ‘केही गर्नका लागि मेरो लागि यो सुनौलो अवसर थियो,’ जेनिफर हेलरले एपीसँग कुरा गर्दै भनिन् ।

याे खाेप काेभिड १९ भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरमा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।