काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
यसै प्रसंगलाई जोड्दै सांसद चौधरीले भन्नुभयो ‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि । त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन ? नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’
चीनबाट फैलिएको कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको भन्दै उनले भ्रष्टाचार देशको मुटु, फोक्सो, कलेजो र नशा नशामा पसेको र आम जनताको रगत र पसिना चुसिरहेको उहाँको भनाई छ ।