Aafno Khabar

प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ’

  • आफ्नो खबर
  • March 6, 2020 प्रकाशित

काठमाडौं । मिर्गाैला प्रत्याराेपण गराएर अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जनाउनुभएकाे छ । प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा गरेर यस्ताे कुरा बताउनुभएकाे हाे ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएकाे छ । उहाँलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् ।

परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।