Aafno Khabar

कतारमा पनि कोरोनाको संक्रमण, नेपाल बचाउने जिम्मा भने पशुपतिनाथको !

  • February 29, 2020 प्रकाशित

काठमाडौं । कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । तर नेपालमा कोरोना रोकथामका लागि सरकारी स्तरबाट पर्याप्त तयारी भने भएको देखिदैन ।

पछिल्लो समय भयावह रुपमा देखिएको कोरोना नेपाल प्रवेश गरे त्यसले ठूलो असर पार्ने जानकारहरुले चेतावनी दिदै आएका छन् । तर सरकार भने कोरोना भाइरसको रोकथाममा पनि पशुपतिकै भर परेको व्यंग आम नागरिकले सामाजिक संजालमा गर्न थालेका छन् ।