काठमाडौं । लोकसेवा आयोगबाट लिइएको अधिकृत तहको पहिलो चरणको नतिजा आइसकेको छ । अधिकृतको तयारी गरिरहेका विद्यार्थीले अब दोस्रो र तेस्रो पत्रको परिक्षा दिनुपर्नेछ ।
पहिलो पत्रमा बहुबैकल्पिक प्रश्नको आधारमा उत्तर दिएका विद्यार्थी दोस्रो र तेस्रो पत्रमा बस्तुगत प्रश्नको उत्तर दिनुपर्नेछ । यो मात्र होइन लोकसेवा तथा विभिन्न संस्थानबाट लिइने परिक्षामा पनि बस्तुगत प्रश्नको उत्तर दिनुपर्छ ।
बस्तुगत प्रश्नको उत्तर चाहि विवेक पुराएर दिन सकिएन भने लोकसेवा आयोग पास गर्न निकै सकस हुनसक्छ । त्यसैले उपसचिव शालिकराम दाहालले लोकसेवा आयोग परिक्षमा लेख्ने तरिका सिकाउनका लागि पाँच बुँदामा सुझाव दिनुभएको छ ।