काठमाण्डौ – मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
मंगलबार तेजावी सुनको मूल्य ७९ हजार ७ सय कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँमा स्थिर छ । एक सातादेखि निरन्तर बढेको सुनको मूल्य मंगलबार भने घटेको महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला १५ सयले सुनको मूल्य बढेको थियो ।