Aafno Khabar

प्रधानमन्त्री ओलीको आज ६९ औं जन्मदिन, जन्मथलो तेह्रथुम गएर ओलीले जन्मदिन मनाउँदै

  • February 23, 2020 प्रकाशित

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन जन्मथलो तेह्रथुमको आठराईमा जानु हुने भएको छ ।

प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन् ।

प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आएको मौका पारेर आठराईबासीले बिभिन्न कार्यक्रमसमेत आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।