Aafno Khabar

२ श्रीमतीले श्रीमानकाे भागबन्डा यसरी लगाए

  • January 19, 2020 प्रकाशित

एजेन्सी । प्रेमिकासँग लागेर श्रीमान घर आउनै छाडेपछि श्रीमतीले श्रीमानविरूद्व मुद्वा दायर गरेकी छन । याे भारतको झारखण्डको राजधानी राँचीकाे खबर हाे ।

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासँगै श्रीमानलाइ प्रहरी थानमा उपस्थित गराउन माग गर्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी हुन ।

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा परेकाे साे उजुरीउपर प्रहरीले माग बमाेजिम छलफल गराउँदा पुरुष श्रीमती र प्रेमिकाबीच बस्नका लागि समय बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

सहमति अनुसार ती व्यक्ति हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्नेछन । हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।

सम्बन्धित शीर्षकहरु