एजेन्सी । भारतको राजधानी दिल्लीमा चलिरहको बसमा सामूहिक बलात्कार गरेर एक महिलाको हत्या गरेको सात वर्ष पूरा भएको छ ।
सन् २०१२ को डिसेम्बर १२ का दिन २३ वर्षीया एक मेडिकल छात्रा निर्भयालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । सामूहिक बलात्कारमा संलग्न अक्षयठाकुर सिंह, मुकेश पवन गुप्ता र विनय शर्मा २०१२ मा नै दोषी ठहर भएका थिए । घटनाका प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा यसअघि नै आत्महत्या गरेका थिए ।
एक जना अपराधी, जो घटना हँुदाको समयमा नाबालिग साबित भएका कारण उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ ।
२३ वर्षीया मेडिकल विद्यार्थी निर्भयालाई बलात्कारपछि हत्याको उक्त घटनाको सात वर्षपछि अदालतले फासी दिने फैसला गरेको छ ।
उनीहरुलाई अदालतको फैसला अनुसार दोषीहरुले आगामी जनवरी २२ को बिहान ७ बजे मृत्युदण्डको सजाय पाउनेछन् ।
यही विषयलाई लिएर यसअघि भारतका विभिन्न स्थानमा पटक पटक आन्दोलन भएको थियो । अभियुक्तहरु हाल दिल्लीको तिहार जेलमा छन् । जहाँ अधिकारीहरुले केही सातादेखि नै मृत्युदण्डको डोरी तयार पार्दै आएका थिए ।