काठमाडौं । सत्ताश्रढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताउनुभएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताउनुभएको हो । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उहाँको भनाई छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताउनुभयो । दाहालले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने बताउनुभयो ।
एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले वुद्ध नेपालमा जन्मेका हुन भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताउनुभयो । बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उहाँले बताउनुभयो ।
नेपालमा रहेका ऐतिहासिक र पौराणिक कुराहरुको संरक्षण गर्न काम सरकरले गरिरहेको दाहालले बताउनुभयो ।