काठमाडौं । केही समयअघि सार्वजनिक भएको गीत ‘आलाराम’ की मोडल कल्पना क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केही साथीहरूले आफ्नाे गीतलाई लिएर गलत आरोप लगाएको गुनासो पोख्नुभएको छ।
गीत सफल भएसँगै सांगीतिक क्षेत्रकै कतिपय साथीहरूले सामाजिक सञ्जालमा गलत प्रचार गरेको उहाँको भनाइ छ। आफूले गीत–संगीतमा न पैसा कमाउन न त चर्चा कमाउनका लागि लगानी गरेको भन्दै क्षेत्रीले यस्ता आरोपले आफू दुःखी भएको बताउनुभएको छ।
उहाँले अभिनय गरेको नयाँ गीत ‘आलाराम’ सामाजिक सञ्जाल टिकटक लगायतमा राम्रो प्रतिक्रिया पाइरहेको छ। साथै, धेरै नेपालीको भावना बोल्ने गीत भन्दै दर्शक–स्रोताहरूले गीतको प्रशंसा पनि गरेका छन्।