काठमाडौं – महालक्ष्मी नगरपालिका-४, ओचु हाइटमा बुधबार राति एक युवकको विभत्स हत्या भएको छ। राति करिब १० बजे गणेश मन्दिर नजिकै टाउको काटिएको अवस्थामा युवकको शव फेला परेको हो। घटनाबारे जानकारी पाएपछि सातदोबाटो प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले व्यक्तिगत रिसइबीका कारण हत्या भएको हुन सक्ने अनुमान गरेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिले हत्या स्विकारे/नस्विकारे भन्नेबारे भने प्रहरीले खुलाएको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको भनाइ छ। स्थानीय बासिन्दाले भने मृतक र पक्राउ परेका को व्यक्तिको बैनि बीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए, जसका कारण झगडा भएको थियो।
घटनाले स्थानीयहरूलाई त्रसित बनाएको छ। ओचु हाइट सामान्यतया शान्त क्षेत्र मानिन्छ, तर यस्तो जघन्य अपराधले स्थानीय बासिन्दालाई आतंकित पारेको छ। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि विस्तृत अनुसन्धान जारी राखेको छ।