Aafno Khabar

बालेनको आक्रोश: ‘एक हप्ताभित्र तलब नदिए टुकुचामा गाडिदिन्छु’

  • आफ्नो खबर
  • March 25, 2025 प्रकाशित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले महानगरका कर्मचारीलाई तलब नदिए सरकारलाई कडा कदम चाल्ने चेतावनी दिएका छन्।

सोमबार राति सामाजिक सञ्जालमार्फत उनले काठमाडौँ महानगरपालिकाका सरसफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको उल्लेख गर्दै सरकारको दम्भका कारण यस्तो अवस्था आएको आरोप लगाए।

बालेनले लेखेका छन्, “काठमाडौँ महानगरपालिकाका सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले१ को(कोले के(के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु१ त्यसपछि हेरौंला तिमीहरूको के(के तन्त्र हो।”

उनको यस कडा अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। कतिपयले सरकारको अकर्मण्यता विरुद्ध कडा चेतावनीको रूपमा हेरेका छन् भने केहीले बालेनको शैलीप्रति असन्तुष्टि जनाएका छन्।