Aafno Khabar

जुगल बिल्र्डसले गर्‍यो क्रिकेट टोली र खेलाडीलाई पुरस्कार घोषणा

  • आफ्नो खबर
  • २०८१ जेष्ठ २१ गते १६:५९ प्रकाशित

काठमाडौं – अमेरिका र वेस्ट इन्डिजमा भइरहेको विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई जुगल बिल्र्डसले पुरस्कारको घोषणा गरेको छ ।

जुगल विल्र्डसले विश्वकप क्रिकेटको हरेक खेलमा नेपाली टोलीले जित निकाले हरेक जितमा टिमलाई रु २ लाख दिने घोषणा गरेको छ ।

यस्तै शतक हान्ने खेलाडीलाई रु १ लाख दिने जुगल बिल्डर्सका प्रबन्ध निर्देशक नरेशप्रसाद ओझाले बताए ।

नेपाली क्रिकेटको प्रोत्साहन र खेलाडीको हौसलाका आफूले पुरस्कारको घोषणा गरेको ओझाको भनाई छ । नेपालले विश्वकप क्रिकेटको पहिलो खेलमा भोलि नेदरल्याण्डसँग खेल्दैछ ।