Aafno Khabar

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

  • आफ्नो खबर
  • २०७९ भाद्र ८ गते १०:३६ प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ ।