Aafno Khabar

युवा संघले उठायो फोहोर

  • आफ्नो खबर
  • २०७९ साउन ३० गते २१:१३ प्रकाशित

काठकाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ ।

युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेकाे हाे ।

बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रसोशन स्थलमा लगेकाे युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रसोधन स्थलसम्म लगिनेछ ।