Aafno Khabar

कस्तुप पन्तको ‘खोली तरम्ला’ले तात्यो सांगितिक क्षेत्र (भिडियोसहित)

  • आफ्नो खबर
  • २०७९ साउन १७ गते १३:३३ प्रकाशित

काठमाडौं । लोकप्रिय दोहोरी सर्जक कस्तुप पन्तको नयाँ दोहोरी गित ‘खोली तरम्ला’ लोक संगितको क्षेत्रमा छोटो समयमा नै चर्चित भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै ‘खोली तरम्ला’ले सामाजिक सञ्जाल टीकटकमा राम्रो स्थान पाएको छ भने, यूट्युबमा पनि गीतले राम्रो भ्यू पाएको छ । सामाजिक सञ्जालमा ‘खोली तरम्ला’लाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको बताइएको छ ।

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

जादुमय सृजनाका धनी कस्तुप पन्तले कलम चलाएको गीत सर्बत्र चर्चाको शिखरमा छ । लोकप्रिय दोहोरी गायक रामजी खाँण र भाईरल टेलरबाली निशा रणपालको आवजमा सजिएको उक्त गितमा कस्तुप पन्तको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ ।

गितमा रमेश सेन्चुरीको संगित संयोजन रहेको छ । मायाप्रेमकै विषयबस्तु चित्रण गरिएको उक्त गितको अडियो भिडियो दुवै उत्कृष्ट बनेको छ ।

दोहोरी गीतको नाममा पछिल्लो समय धेरै गितहरुमा अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा पन्त भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायक तथा सर्जकको रुपमा परिचित भएका छन् ।

सर्जक पन्तको शब्दमा भने निकै दम हुने गरेको पाईन्छ । यो भन्दा अगाडी सार्वजनिक भएका प्रायजसो गीतले बजारमा निकै चर्चा पाईसकेको छ । हरेक स्तरका गित सृजना गर्न माहिर कोईरेला बुढा बृद्ध,युवा देखि बालबालिकासम्म निकै नै प्रभावित हुने गरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको हुन्छ ।

ऋषि बरालुसिर्जनुको उत्कृष्ट निर्देशन एवम् कथावस्तुमा तयार भएको गितको म्युजिक भिडियोमा कस्तुप पन्त, अन्जु निरौला, अशोक पौडेल र दिव्या न्यौपानेको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुविन गोदार र नरेश अएरले छांयाकन एवम् अमृत चापागांईले सम्पादन गरेका छन् । गित रिलिज भएको छोटो समयमै टिकटक देखी युटुवसम्म सर्वाधिक चर्चित छ ।