Aafno Khabar

अस्ट्रेलियामा आमनिर्वाचन

  • आफ्नो खबर
  • May 21, 2022 प्रकाशित

काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । निर्वाचनमा लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएको छ ।

प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदातालाई आग्रह गरिरहनुभएको छ । निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता छन् ।

अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् ।

सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । गठबन्धनको संसदमा ७६ सिट छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।