Aafno Khabar
babasaik siksa

कांग्रेस हार्ने डरले एमाले गएका शेर्पा कांग्रेसकै उम्मेदवारबाट पराजित

  • आफ्नो खबर
  • २०७९ जेष्ठ ५ गते १५:११ प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोलुदूधकुण्ड नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा ४,९६८ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार आङ काजी शेर्पालाई ५७८ मतान्तरले पराजित गरे । पराजित आङ काजी शेर्पाले ४,३९० मत ल्याएका छन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शेर्पा चुनावको मुखमा आएर नेकपा एमालेमा प्रवेश गरेका थिए । कांग्रेसबाट टिकट नपाउने निश्चित भएपछि एमाले प्रवेश गरेका शेर्पाले पार्टी प्रवेश कार्यक्रमको बन्दोबस्त पनि आफैं गरेको बताइन्छ ।

एमाले अध्यक्ष केपी ओली र गोकुल बास्कोटालाई अतिथि बनाएर हेलिकप्टर मार्फत सोलु लगेका शेर्पाले पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसलाई सक्दो सराप गर्दै आउँदो चुनावमा नेकपा एमालेले देशैभरी जित्ने बताएका थिए ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गान्धीमाया तामाङ ४,६६७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहनकुमारी कार्कीले ४,०१७ मत ल्याएकी छन् ।