Aafno Khabar

काठमाडौंमा बालेन शाहको अग्रता

  • आफ्नो खबर
  • २०७९ बैशाख ३१ गते १२:१५ प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आज बिहानबाट सुरु भएो छ । काठमाडौंको मतगणना वडा नम्बर १ र ३२ कोबाट सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार बालेन शाहको अग्रता लिएका हुन्। जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११(११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

काठमाडौं महानगरमा एउटा मतपत्र गन्न २० मिनेट लाग्ने बताइएको छ । महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।