Aafno Khabar

१२६ स्थानमा अग्रता बनाएको कांग्रेस २ पालिकामा विजयी, एमालेले जित्यो ४ पालिका प्रमुख

  • आफ्नो खबर
  • २०७९ बैशाख ३१ गते १२:०५ प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो ।

स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित आठ पालिका प्रमुख र सात उपप्रमुदको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार पालिका प्रमुखमा एमालेले चार, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले दुई ठाउँमा जित हासिल गरेको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेस तीन, एमाले दुई, एकीकृत समाजजवादी एक र स्वतन्त्र एक जना उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) विजयी हासिल गरेको छ ।

नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध० विजयी हासिल गरेको छ ।

हालसम्मको परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले दुई पालिकामा विजयी हासिल गरेको छ ।

समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिकामा (निर्विरोध) निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा र मुस्ताङको घरपझोङमा जित हासिल गरेको छ ।

देशैभरीको मतगणना चलिरहँदा नेपाली कांग्रेसले १ सय २६ पालिकाको प्रमुखमा अग्रता बनाएको छ । कांग्रेसले १ सय १ पालिकाको उपप्रमुखमा अग्रता बनाएको छ । नेकपा एमालेले पालिका प्रमुखमा ७३ र उपप्रमुखमा ८३ स्थानमा अग्रता कायम गरेको छ ।