Aafno Khabar

देशैभरी कांग्रेसको १०६ स्थानमा अग्रता, एमाले ६० स्थानमा अघी

  • आफ्नो खबर
  • २०७९ बैशाख ३१ गते ११:०७ प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । ७५० स्थानीय तहमा हिजो भएको मतदानको अहिले अधिकांश स्थानमा मतगणना चलिरहेको छ ।

देशैभरी भएको मतगणनाको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसले देशभरीका १ सय ५ पालिका प्रमुखमा अग्रता कायम गर्दा ८२ पालिकाको उपप्रमुखमा अग्रता बनाएको छ ।

नकपा एमालेले कांग्रेसलाई पछ्याएको छ । एमालेले देशैभरका ६० पालिका प्रमुखमा अग्रता बनाउँदा ६८ पालिकाको उपप्रमुखमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले ३५ स्थानीय तहको प्रमुखमा अग्रता लिदा ४३ पालिकाको उपप्रमुखमा अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले ४ पालिकाको प्रमुखमा अग्रता र ५ पालिकाको उपप्रमुखमा अग्रता लिदा नेकपा एकिकृत समाजवादीले ३ पालिका प्रमुख र ७ उपप्रमुखमा अग्रता कायम गरेको छ ।

स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित सात पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले दुई ठाउँमा जित हासिल गरेको छ ।

नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) विजयी हासिल गरेको छ ।

हालसम्मको परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले दुई पालिकामा विजयी हासिल गरेको छ ।

समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिकामा (निर्विरोध) निर्वाचित भएका छन् । नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा र मुस्ताङको घरपझोङमा जित हासिल गरेको छ ।