Aafno Khabar

कविता : एक कुइन्टलको ढक !!

  • गणेश शर्मा
  • २०७८ चैत्र २५ गते ०८:५८ प्रकाशित

म एक कुइन्टलको ढक हुँ !
किनभने मैले खोकु वा कुईकुइ गरु वा काँ काँ गरु, परर ताली बज्छ !!

म एक कुइन्टलको ढक हुँ !

किनभने मैले कतै औंलाले मात्रै इसारा गरु, खाडी, भिर वा भेल किन नहोस् हाम फाल्ने जङबाहादुर को बथान हुन्छ !!

अरु त दुवा तीर्की अझै भनौ 4-5 किलोका ढक हुन !

जाबो ट्याप्प टिप्यो मिल्क्याए नि भो लुकाएनी भो के मुल्य नै छ र ??

म जहाँ छु जरो गाड्छु वा स्थिर छु दुवा तीर्की लाई त कर्याकुरु पार्छु !

त्यसैले पनि त म एक कुइन्टल को ढक हुँ !!

म मा अहम् छ म मा उखान छ आस्बासन छ हास्य कला छ साढे लाई माली गाई भने पनि परर ताली बझ्छ !!

सधै जसो म त बार्दली बस्छु, नभए टावर चड्छु र कुलेलाम ठोक्छु अनि फेरि कुर्लिन्छु टावरबाटै बादरले बाख्रा सक्यो लखेट !! भन्दै चिच्याउछु ।

त्यसपछी मेरा सुन्ड मुसुन्ड गर्जदै र भुक्दै जाइ लाग्छन म सङ्ग पवन लाई ठोस प्रमाणित गर्ने साइबर बथान जो छ !!

त्यसैले मैले सेतो ठाने कालो सेतो हुन्छ अनि सोझो ठाने बाङ्गो सोझो हुन्छ अनि फेरि परर ताली बज्छ !!

किनकि म एक कुइन्टल को हल्लाउन नसक्ने ढक जो हुँ ।।