Aafno Khabar

सुरु भयो उपकुलपति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता, आज चार खेल हुँदै

  • आफ्नो खबर
  • २०७८ चैत्र २५ गते ०८:०० प्रकाशित

चितवन । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा उपकुलपति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता चितवनको रामपुरमा सुरु भएको छ ।

विद्यार्थीहरुमा पढाइ सँगसँगै खेल पनि विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतियोगिताको उद्घाटन विश्वविद्यालयका उपकुलपति प्रा. पुण्यप्रसाद रेग्मीले गनुभएको थियो ।

उपकुलपति कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पशु बिज्ञान पशु चिकित्सा र मत्स्य बिज्ञान संकायले कृषि संकायलाई ६–१ ले हराएके छ ।

प्रतियोगिता अन्र्तगत आज चार खेलहरु हुने कार्यक्रम संयोजक उप प्राध्यापक कृष्ण प्रसाद थपलियाले जानकारी दिनुभयो ।

चैत २४ गतेबाट ३० गतेसम्म हुने प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय, आंगिक तथा नीजी सम्बन्धन कलेजका १६ वटा टीम सहभागी छन ।