Aafno Khabar

म्यादी प्रहरीमा जागिर खान तौल नपुगेपछि खल्तीमा ढक राखेका युवक प्रहरी नियन्त्रणमा

  • आफ्नो खबर
  • April 2, 2022 प्रकाशित

कपिलवस्तु । स्थानीय तह निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा जागिर खानका लागि आएका एक युवाको तौल कम भएपछि पाइन्टको गोजीमा एक किलोको ढक राखृर आएको पाइएको छ ।

कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले पाइन्टको खल्तीमा एक किलो ढक राखेर आएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पाइन्टको खल्तीमा ढक, मोबाइल राखेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूले तौल बढाउन पटक–पटक खाना खाएको र केरालगायतका फलफूल खाँदा पनि तौल नबढेपछि यस्तो गरको बताएका छन्।

प्रहरीका अनुसार उनको वास्तविक तौल ४८ किलो रहेको छ। तर, भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरीले जनाएको छ । यो सामान्य घटना भएकाले ती युवालाई सम्झाएर घर पठाउने प्रहरीले जनाएको छ ।