Aafno Khabar

प्रकाश सपुतको नयाँ गीत युट्युबाट हटाउन माओवादी नेताहरुको चेतावनी

  • आफ्नो खबर
  • २०७८ फाल्गुन २८ गते २१:२८ प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । रिलिज भएको २४ घण्टा पनि नबित्दै गीत विवादमा तानिएको हो ।

जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छ ।

तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भएको हो । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् ।

उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् ।