Aafno Khabar

रामेछापमा शिक्षकका लागि यौनिक शिक्षा सम्बन्धि अभिमुखीकरण

  • आफ्नो खबर
  • February 10, 2022 प्रकाशित

रामेछाप । केन्द्रीय जनस्वास्थ्य विभाग तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले रामेछाप नगरपालिकामा शिक्षकका लागि एक दिने बृहतर यौनिक शिक्षा सम्बन्धि अभिमुखीकरण तालिम दिएका छन् ।

रामेछापको रामेछाप नगरपालिका–८ मा सम्पन्न उक्त अभिमुखीकरणमा विभिन्न विद्यालयका २० जना शिक्षक–शिक्षिकाको सहभागिता थियो ।

जनस्वास्थ्य अध्ययनरत विद्यार्थीले यौनिकता, यौनिक ब्यवहार र यौन तथा प्रजनन स्वास्थ्यको सम्बन्धमा प्रस्तुति दिएका थिए ।

अभिमुखीकरणलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की तथा वडा अध्यक्ष केदार कार्कीले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु