उत्पत्ति कालदेखि अहिलेसम्म मानव जातिले विकासका विभिन्न चरणहरु पारगर्दै बर्तमान अवस्थामा आएको छ। उसमा विकासको क्रम जसरी परिवर्तित हुँदै आएको थियो । उसका चाहना र आबस्यकताहरु पनि त्यस्तै किसिमले बढ्दै र परिबर्तित हुँदै आएका थिए।
जब–जब उसलाई नयाँ–नयाँ बस्तुहरुको खाँचो खड्किँदै गयो, तिनको आविष्कार,उत्पादन गर्ने बुद्धि र बिबेक पनि त्यसैगरी उसको मन–मस्तिष्कमा जन्म हुँदै गयो। नयाँ–नयाँ चिजको ईच्छा बढ्दै जसरी जान थाल्यो । तीको पैदा गर्ने सोच र उपाय पनि उसको मनमा पैदा हुँदै गयो ।
जसको फलस्वरुप आफ्ना आवस्यकता सजिल्यैसँग आफैंले परिपूर्ति गर्न उ हरदम सक्षम रहन गयो। ढुङ्गेयुगदेखि हालसम्म विकासका विभिन्न चरणहरु पारगर्दै अहिलेको अवस्थासम्मको मानवको बिकासको गतिबिधिको चमत्कारिताका कारणले गर्दाखेरि नै उसलाई एक बुद्धिजिबी एवम विबेकशील प्राणी भनेर सम्बोथन गर्न थालिएको हो।
यसकारणले नै यस धरतीमा मानवलाई प्राणीहरु मध्ये सर्बश्रेष्ठ प्राणी भनेर मानिदै आएको छ । जुन सास्वतः सत्य पनि हो। तर उत्पत्ति कालदेखि आजसम्म मानवले जे–जस्तो बिकास गर्दै आएको छ। त्यस्तैगरी बिनाश पनि गरेको छ । बिकास र बिनास सँग–सँगै छन।
बिकासको विस्तारित क्रम अनुसार अब चन्द्र मण्डलमा बस्ति बसाल्ने सोचमा मानव पुगिसकेको छ। उसको मनस्पटलमा बिकासको गतिले जुन तिब्रता लिएको छ,ठीक त्यस्तै ।
विकृती,बिसङ्गति,अहङ्कार,अभिमान, आडम्बर,घमण्ड आदिले पनि उसको मस्तिष्कमा जरोगाड्न थालेको छ। मानव–मानवमा आपसिक होडबाजी बढ्दै गएको छ।
नम्रता,शिष्टता,सरलता,ईमान्दारिताका बाब्जुद क्रोधता,दुष्टता,अभिमान,अहङ्कार,आदिले सीमा नाघ्न थालेको छ । अर्थात को भन्दा को कम भन्ने भावना जत्र–तत्र छ्याप्छ्याप्ती भैसक्दो अवस्थामा छ। एकले अर्कोलाई कदर गर्नुभन्दा अर्कोबाट आफु कसरी कदर गरिएको हुन सकिन्छ भन्ने तत्तुमात्र हरेकको मनमा बसिसकेको छ। धार्मिक प्रवृति दिन प्रतिदिन ह्रास हुँदै गएको छ।
आध्यात्मिक शिक्षाको अवस्था पनि डिलमा पुगिरहेको छ। कसरी छिट्टै धन–सम्पत्ति आर्जन गर्ने,कसरी साम्सारिक भोग–बिलासको चरम उपभोग गर्ने,कसरी सबैभन्दा ठूलो बन्ने,आदि – आदि बारेको चिन्तन–मनन मात्र सबैको मनमा हुन्छ। सत्कर्म र सत्सङ्गतलाई पाखण्डी ठानिन्छ।
साधु–सन्तको सेवा र उनीहरुको उपदेशको कदर मित्थ्या ठान्न लागिएको अवस्था छ। प्रत्येक ब्यक्ति यश,मान,प्रतिष्ठाको खोजीमा ब्यस्त रहेका छन। यस कालका मानिसमा मानको भोक यतिसम्म लागेको छ,तिनीहरुको त्यो मानको भोक र तिष्णा कसले र कसरी मेटायिदिने ? सर्बत्र मानै–मानका प्यासीहरु छन,आफुलाई सरल र सानो ठान्ने मानिस पाउन मुश्किल छ।
मान,प्रतिष्ठाका कारण आजको बिश्वमा उच्च सम्मानित,पराक्रमी,उच्च पदासीन,चर्चित ब्यक्तित्वहरु धेरैको हत्त्या भैरहेको छ। पद र प्रतिष्ठाका लागि राजनैतिक क्षेत्रमा त सिंहाशनमा पुगेपछि आफ्नो मनपरी बोली ब्यवहार गर्ने प्रवृति अझ बढी छ। सबैलाई सत्ता,शक्ति र मान चाहिएको छ।हिन्दु धर्म शास्त्रहरुमा भनिएको छ ।
यदि कसैलाई मानको लालसा छ भने त्यस्तो ब्यक्तिले सबभन्दा पहिले अरुलाई मानगर्न सिक्नुपर्छ,जान्नुपर्छ। तर यहाँ सबैको मनमा अरुले तपाईं नभन्दै आफै मपाईं भन्ने स्वभाव र प्रवृति बिद्यमान छ। यो नै बिडम्बनापूर्ण स्थिति हो यहाँको।
एक जना सुपात्र बिद्वान सन्तले भनेका छन । ‘यश,मान र प्रतिष्ठा यी तीन चीजको प्यासी बनेर यदि कोही आफ्नो जीवनमा यात्रा गर्दछ भने उसलाई अन्तीममा गएर सुंगुरको बिष्टा (गुहु) हातलाग्छ।’ यो भनाईको तात्पर्य हामीले के बुझौं भने उपरोक्त तीन चिजको चाहना बोकेर हिड्ने ब्यक्ति अन्तिममा गएर अपमानित हुनुपर्छ,पतित हुनुपर्छ।
भगवान चैतन्य महाप्रभुका शिक्षाम्रित बाणीहरुमा भनिएको छ
(१) घाँको तान्द्रो भन्दापनि आफुलाई सानो ठान्नुस
(२) बृक्ष भन्दापनि आफुलाई सहनशील सोच्नुस
(३) अरुलाई मान गर्ने,तर आफुले मान नखोज्ने हुनुस।
घाँसको तान्द्रो सानो हुन्छ,त्यो भन्दापनि आफुलाई सानो ठान्नसक्नु उत्तम मानिएको छ। पृथ्वी बोट–बिरुवा सहनशील हुन्छन,त्यस्तै आफु बन्न सकियो भने राम्रो माथि झन राम्रो हुन्छ।
यदि हामीले अरुलाई मानगर्न सिक्यौं भने हामीलाई अरुबाट मानको वर्षा हुन्छ। अरुलाई केही चिज,बस्तु किन नहोस,पहिले दिन सकेमा लिनसक्ने अवस्था निश्चितरुपले आऊंछ। हिन्दु परम्परा अनुसार चाहे कुनै बस्तु–बिशेष होस,चाहे मान–सम्मान किन नहोस अरुलाई दिनु सर्वश्रेष्ठ धर्म हो भनेर मानिदै आएको ।