Aafno Khabar

पोखरा– बागलुङ सडकको खरेहा खण्डमा लापरबाही, आयोजना प्रमुख र वडा अध्यक्षको रहस्यमय मौनता

  • आफ्नो खबर
  • February 1, 2022 प्रकाशित

पर्वत । पोखरा– बागलुङ राजमार्ग अन्र्तगतको खरेहा खण्डको बिस्तारमा आयोजनाले चरम लापरबाही देखाएको छ । पर्वतको कुश्मा ७ खरेहा स्थित लोकमार्गको खरेहा खण्डमा ढल निकासका लागि बनाइएको नालीको ब्यवस्थापनमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको हो ।

सडक विस्तारका क्रममा नाली खनेर महिनौ सम्म खुला छाडेको आयोजनाले नाली ब्यवस्थापनमा अर्को गैह्जिम्मेवारीपन देखाएको छ । खरेहाको विद्यालय तथा स्वास्थ्य चौकी जाने मुख्य बाटो तथा अन्य ब्यक्तिगत कामका लागि मानिसहरुको धेरै आवात जावत हुने सो नालीको बिच भागमा भ्वाङ पारेर आयोजना हिडेको छ ।

नालीको बिचमा रहेको भ्वाङले मानविय क्षती हुन सक्ने भन्दै स्थानीयले आयोजनालाई पटक–पटक खबर गर्दा पनि पुष्पलाल (मध्यपहाड ) राजमार्ग योजना कार्यालयका प्रमुख नारायण दत्त भण्डारी बेखबर देखिएका छन् । सडक विस्तारको जिम्मा लिएको निकायको लापरबाहीका विषयमा अनुगमनको जिम्मेवारी पाएको कार्यालयलाई खबर गर्दा पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ ।


नालीको बीचमा भ्वाङ पारेर छोडेको विषयमा स्थानीय आयोजना कार्यालयमा डेलिकेसन जाँदा पनि कार्यालय प्रमुख भण्डारी सम्पर्कमा नै नआएको उनीहरुको गुनासो छ । फोन मार्फत सो समस्या बताउँदा पनि प्रमुख भण्डारीले वास्ता नगरेको स्थानीय बताउछन् ।

त्यो मात्र होइन यो समस्याका बारेमा सोही वडाका अध्यक्ष सुवासचन्द्र पौडेलको पनि रहस्यमय मौनता देखिएको उनीहरुको भनाई छ । स्थानीय युवाहरुले वडा अध्यक्ष पौडेललाई पटक–पटक यो विषयमा जानकारी दिदा पौडेलले यो सामान्य विषय भएको भन्दै टारेको उनीहरुको गुनासो छ ।

वडाको मुख्य बस्ती तथा विद्यालय र स्वास्थ्य चौकी आवात जावातको शाखा सडकको रुपमा लिइने नालीको बीचमा रहेको भ्वाङलाई वडा अध्यक्षले सामान्य रुपमा लिनु बिडम्बना भएको उनीहरुको तर्क छ ।

सो भ्वाङका कारण मानीय क्षती भए त्यसको जिम्मेवारी कसले लिने भन्दै स्थानीयले आक्रोश समेत पोख्दै आएका छन् । सो सडक हुँदै बालबालिका धेरै आवात जावत गर्ने हुँदा दुर्घटना जोखिमको सम्भावना धेरै देखिन्छ । अझ सो नाली हुँदै वर्षातको समयमा दुर्लुङबाट आउने भल बग्ने हुँदा त्यसले बस्ती नै जोखिममा पर्ने देखिएको स्थानीय बताउँछन् ।

सम्बन्धित शीर्षकहरु