Aafno Khabar

टेकोले अड्याएको पुल भाँच्चिदा एक जनाको ज्यान गयो

  • आफ्नो खबर
  • २०७८ पुष ६ गते १०:३६ प्रकाशित

काठमाडौं । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको ज्यान गएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा टिपर चालकको ज्यान गएको हो ।

पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो ।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लादै गर्दा बाटोमा नै ज्यान गएको हो ।