Aafno Khabar

कांग्रेस केन्द्रीय सदस्यकाे गणनामा शंशांकको अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

  • आफ्नो खबर
  • २०७८ पुष ४ गते १५:५१ प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।

हिजो बेलुका रोकिएको मतगणना बिहान पौने ११ बजेबाट सुरु भएको थियो । दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ।

जसअनुसार डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि छन्। यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा कायमै देखिएका छन्।

गृहमन्त्री बालकृष्ण खाँण १८५१ मतसहित तेस्रो स्थानमा छन्।

यस्तो छ पछिल्लो मत परिणाम