Aafno Khabar
babasaik siksa

शिक्षक सेवा आयोगले माग्यो १५४७ माध्यमिक तहका शिक्षक (विज्ञापनसहित)

  • आफ्नो खबर
  • २०७८ मंसिर २९ गते ०८:५५ प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयागले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका लागि आयोगले विज्ञापन गरेको हो । आवेदन पुष १ गतेदि २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।