काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए।
गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको भए पनि शेखर कोइरालाको टिम गतिशील देखेर समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए। सभापतिमा अब ५ जना उम्मेदवार हुने भएका छन्।