Aafno Khabar
babasaik siksa

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा देउवा पक्षको जित

  • आफ्नो खबर
  • २०७८ मंसिर १९ गते २३:०४ प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

२०२५ मत खसेकोमा बानियाँको पक्षमा १०८५ मत खसेको थियो । उहाँका प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभयो । १३ मत बदर भएको थियो ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनस् मतदान भएको थियो ।