Aafno Khabar

बागलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य

  • आफ्नो खबर
  • २०७८ मंसिर १९ गते १५:४६ प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र बागलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य निर्वाचित हुनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित समितिको बैठकले आचचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रममा समितिको नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर थापा र आरती शर्मा निर्वाचित भएका छन् । सचिवमा दिनेश रेग्मी, सहसचिव ध्रुव चालिसे र कोषाध्यक्ष प्रेमबहादुर अधिकारी चयन भएको समितिले जनाएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सहभागि हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले समितिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

क्षेत्रगत रुपमा गठन गरिएको समिति भए पनि देशका सबै भुगोललाई जोड्न सक्ने गरी समितिले काम गर्नुपर्ने उहाँको जोड थियो ।