Aafno Khabar

महामन्त्रीमा रेखा थापा पराजित, राप्रपा पदाधिकारीमा को–को भए विजयी ?

  • आफ्नो खबर
  • २०७८ मंसिर १९ गते ०७:५८ प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी हुनुभएको छ । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल हुनुभयो ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गर्नुभयो । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी हुनुहुन्थ्यो भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडनुभएको थियो ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी हुँदा खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भए ।राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित