Aafno Khabar

हारेपछि कमल थापा : प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप

  • आफ्नो खबर
  • December 5, 2021 प्रकाशित

फाइल फोटो ।

काठमाडौं । राप्रपा अध्यक्षका प्रत्यासी कमल थापाले अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताउनुभएको छ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाउनुभयो ।

‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उहाँले भन्नुभयो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भन्दै उहाँले आफूले राहत र उन्मुक्ति पाएको बताउनुयो । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उहाँले भन्नुभएको छ ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित

सम्बन्धित शीर्षकहरु