Aafno Khabar
babasaik siksa

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्ष विजयी

  • आफ्नो खबर
  • २०७८ मंसिर १९ गते ०७:३५ प्रकाशित

प्रदेश अधिवेशनमा मतदान गर्दै कांग्रेस नेता रामचन्द्र पौडेल

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ ।

आज बिहान सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित हुनुभएको हो। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्छ। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो।

अधिकांश पदाधिकारी शर्मा प्यानलबाट विजयी भएका छन्। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भएका छन्। जोशी सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ ।

औपचारिक मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुन बाँकी छ।