Aafno Khabar

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिको मतदान सकियो आजै गणना हुने

  • आफ्नो खबर
  • २०७८ मंसिर १८ गते १९:०४ प्रकाशित

कैलाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चि प्रदेश अधिवेशनको मतदान सकिएको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ३ मत खसेको छ । सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा रहेका थिए । ३३ जना मतदानमा अनुपस्थित रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र उम्मेदवार रहेका छन् ।

५९ सदस्यीय कार्यसमितिका लागि कुल १ सय ७७ जना प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन समितिले पार्टी कार्यालयमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने जनाएको छ ।