Aafno Khabar

कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, नेपालमा कति छन् सक्रिय संक्रमित ?

  • आफ्नो खबर
  • २०७८ मंसिर २ गते १६:३९ प्रकाशित

काठमाडौं । नेपालमा थप २९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ आरटी-पीसीआर परीक्षण र ३ हजार २८८ एन्टिजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ । यो कुल संक्रमितको १.४ प्रतिशत हो ।

त्यस्तै, सोही अवधिमा २६० जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ