Aafno Khabar

१२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा काेराेना संक्रमण

  • आफ्नो खबर
  • २०७८ कार्तिक २९ गते २०:१४ प्रकाशित

काठमाडाैं । २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यस्तै, २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४४८ पुगेको छ ।

यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितमध्ये ७ लाख ९८ हजार ५४४ जना निको भएका छन् ।

हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।