Aafno Khabar

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

  • आफ्नो खबर
  • २०७८ कार्तिक १ गते १०:०७ प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि अहिले यो पद रिक्त छ ।

क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।