Aafno Khabar
sanima bank

डडेलधुरामा बस पल्टियो, १६ जना घाइते

  • आफ्नो खबर
  • २०७८ आश्विन २६ गते ११:१९ प्रकाशित

कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । बस पल्टिएका कारण केहीबेर सडक अवरूद्ध भएको थियो । अहिले भने सडक खुलेकाे प्रहरीले जनाएकाे छ ।