काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् ।
आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको उनीहरुको तर्क छ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायपालिकामाथि अपूरणीय क्षति पुग्ने काम गरेको कानूनविद् दिनेश त्रिपाठीको विश्लेषण छ ।
नेपाल वार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले अदालतको प्रतिनिधि सरकारमा सहभागी भएको कुरा उठेको भन्दै यसको स्पष्ट उत्तर प्रधानन्यायाधीशले दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रधान्यायाधीशले मात्र नभइ फुल कोर्ट र अदालतका ५÷६ जना वरिष्ठ न्यायाधीशले यसको जवाफ दिनुपर्ने बताउनुभयो ।
कानूनविद् मुक्ति प्रधानले प्रधानन्यायाधीशले आफूमाथिको आरोपबारे प्रष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशले गर्दै आएको कार्यशैलीले न्यायालयमाथि प्रश्न उठाइरहेको बताउँदै अहिलेको परिणाम एक व्यक्तिको चाहनामा संस्था चलाउनुको परिणाम भएको बताउनुभयो ।