Aafno Khabar
sanima bank

‘असन बजारमा’ बोलको डान्सिङ नम्बरको गीत सार्वजनिक (भिडियो)

  • आफ्नो खबर
  • २०७८ आश्विन १० गते १६:०८ प्रकाशित

काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाइसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् ।

डि.पी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ । गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको छ । भिडियोका निर्देशक सुब्रतराज आचार्यले भर्चुअल माध्यमबाट अमेरिकाको छायांकनकोसमेत निर्देशन गरेका छन् ।

गीतको भिडियोमा अशिष्मा नकर्मी, उषा उप्रेती, नारायन प्रधान र कमल साउदलाई फिचर्ड गरिएको छ ।

भिडियोमा प्रमोद भण्डारी र आइसा ओझाले नृत्य निर्देशन गरेका छन् भने रामेश्वर कार्की र उत्सव दाहालले खिचेको भिडयोलाई विकाश दाहालले सम्पादन गरेका छन् । निर्देशनको क्रिएटिभ पाटो जया शर्माले हेरेका छन् ।

हेर्नुस् भिडियो :