Aafno Khabar
sanima bank

संविधान दिवसको अवसरमा ५३१ जनाको कैद सजाय मिनाह

  • आफ्नो खबर
  • २०७८ आश्विन २ गते १९:५४ प्रकाशित

काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका ५३१ जनाको कैद सजाय मिनाह हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले कैद सजाय मिनाह गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।