Aafno Khabar
sanima bank

नेपाली सेनाको प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

  • आफ्नो खबर
  • २०७८ भाद्र ३१ गते १०:१८ प्रकाशित

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।

भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।

दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । हेर्नुहोस विज्ञापन