Aafno Khabar

तत्काल भारी वर्षाको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

  • आफ्नो खबर
  • २०७८ भाद्र २६ गते ०६:५२ प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।

तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।

दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । सोमबार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान :

२०७८ भाद्र २६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २७ गते (आइतबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २८ गते (सोमबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।