Aafno Khabar

जेल छुट्न पाउँ भन्ने आलमको मुद्दा पेशीमा

  • आफ्नो खबर
  • २०७८ भाद्र २५ गते १२:१४ प्रकाशित

काठमाडौं । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको थुनामुक्त हुन पाउ भन्ने मुद्दा पेशीमा चढेको छ ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो ।

बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् ।

उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।